सोती घटना प्रकरणमा न्यायाधीश बर्खास्तीको माग गर्दै प्रदर्शन

काठमाडौं, वैशाख १७ : रुकुमको सोती घटनामा नवराज बिक लगायतको हत्या प्रकरणमा मुद्दा चलाइएका अभियुक्तलाई ‘जातीय विभेद र छुवाछूतको कसुर’ मा सफाइ दिने न्यायाधीशलाई बर्खादगीको माग गर्दै प्रदर्शन भएको छ ।
उच्च अदालत सुर्खेतका न्यायाधीशहरू सोमकान्त मैनाली र मात्रिका प्रसाद भण्डारीलाई तत्काल बर्खास्त गरी कानुनी कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको हो।
‘दलितका लागि दलित अभियान नेपाल’ को आयोजनामा विरोध प्रदर्शन गरिएको हो । सोती घटनामा उच्च अदालत सुर्खेतले प्रतिवादीहरूले पाएको जन्मकैदको सजाय सदर गर्दै ‘जातीय विभेद र छुवाछूतको कसुर’ मा अभियुक्तलाई सफाई दिएको थियो ।
जिल्ला अदालत रुकुम पश्चिमले गरेको फैसला बदर गर्दै उच्च अदालतका न्यायाधीशद्वय मैनाली र भण्डारी संलग्न इजलासले सफाई दिएको हो।
प्रकाशित मिति: १९:१९ बजे, बुधबार, वैशाख १७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार