Kathmandu Press

सर्वोच्चले माफी मिनाहा बदर गरेपछि रेशम चौधरी पक्राउ, डिल्लीबजार कारागार चलान

प्रहरीले उनलाई प्रज्ञाभवन कमलादीबाट पक्राउ गरेको हो। पार्टी एकता घोषणाका लागि चौधरी कमलादी पुगेका चौधरी सभास्थलबाटै पक्राउ परेका हुन्।
सर्वोच्चले माफी मिनाहा बदर गरेपछि रेशम चौधरी पक्राउ, डिल्लीबजार कारागार चलान

काठमाडौं, वैशाख १७ः नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन्।

प्रहरीले उनलाई प्रज्ञाभवन कमलादीबाट पक्राउ गरेको हो। पार्टी एकता घोषणाका लागि चौधरी कमलादी पुगेका थिए। उनी सभास्थलबाटै पक्राउ परेका हुन्। अहिले उनलाई डिल्लीबजार कारागार लगिएको छ। चौधरी पक्राउ परेपछि पार्टीका कार्यकर्ताहरुले प्रज्ञा भवनमा सरकारविरुद्ध नाराबाजी गरेका थिए।

Hardik ivf

सर्वोच्चको फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। २०७२ भदौ ७ गते टीकापुरको हिंसात्मक घटनाका आरोपी चौधरीलाई सर्वोच्च अदालतबाट जन्मकैदको सजाय तोकिएको थियो। चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएपछि २०८० जेठ १५ गते जेलमुक्त भएका थिए। त्यसविरुद्ध सर्वोच्चमा दायर भएको एक रिटमा सर्वोच्चले माफी मिनाहाको निर्णय बदर गरिदिएको थियो।

टीकापुर हिंसामा प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको ज्यान गएको थियो।

प्रकाशित मिति: १४:५४ बजे, बुधबार, वैशाख १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्