सुनको मूल्य घट्यो

काठमाडौं, वैशाख १७ : नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो।
मङ्गलबार तोलाको १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोवार भएको सुन आज १ लाख ८८ हजार १ सयमा कारोबार भइरहेको छ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । तोलामा आज चाँदी १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति: १२:२९ बजे, बुधबार, वैशाख १७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
