संसद सचिवालयको महासचिवमा डा. गौतम नियुक्त
काठमाडौं, वैशाख २२ : संघीय संसद सचिवालयको महासचिवमा डा. भरतराज गौतम नियुक्त भएका छन्।
सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले....

काठमाडौं, वैशाख २२ : संघीय संसद सचिवालयको महासचिवमा डा. भरतराज गौतम नियुक्त भएका छन्।
सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई संघीय संसद सचिवालयको महासचिवमा नियुक्त गरेकी हुन्। ‘राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम साविक लामाचौर–५, कास्की निवासी डा. भरतराज गौतमलाई संघीय संसदको महासचिव पदमा नियुक्त गर्नु भएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यसअघि सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संयुक्त रुपमा डा. गौतमलाई संघीय संसद सचिवालयको महासचिवमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए।
गौतम यसअघि संघीय संसद सचिवालयको सचिव र प्रवक्ताका रुपमा काम गरिसकेका व्यक्ति हुन्।
मनोहर भट्टराईले अनिवार्य अवकाश पाएपछि यसअघि सभामुख सापकोटाले सचिव गोपालनाथ योगीलाई गत चैत २ गते कार्यवाहक महासचिवको जिम्मेवारी दिएका थिए। योगीलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिएपछि सभामुख सापकोटासँग राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना असन्तुष्ट थिए।












