Kathmandu Press

आईपीएलमा दिल्लीविरुद्ध कोलकाताको रोमाञ्चक जित

रहमुल्ला गुरवाज (१२ बलमा २६), सुनिल नारायण (१६ बलमा २७) र अजिन्का रहाने (१४ बलमा २६) को विस्फोटक सुरुवातपछि अंगरिस रघुवंशीले ४४ र रिकु सिंहले ३६ रनको योगदान दिए ।
आईपीएलमा दिल्लीविरुद्ध कोलकाताको रोमाञ्चक जित

काठमाडौं, वैशाख १७ : सुनिल नारायणको प्रभावशाली प्रदर्शनसहित कोलकाता नाइट राइडर्सले मंगलबार राति भएको आईपीएल खेलमा दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २०४ रन बनाएको थियो । रहमुल्ला गुरवाज (१२ बलमा २६), सुनिल नारायण (१६ बलमा २७) र अजिन्का रहाने (१४ बलमा २६) को विस्फोटक सुरुवातपछि अंगरिस रघुवंशीले ४४ र रिकु सिंहले ३६ रनको योगदान दिए ।

Hardik ivf

दिल्लीका लागि मिचेल स्टार्कले ३ विकेट, अक्षर पटेल र विपराज निगमले दुई–दुई विकेट लिए । पटेल सबैभन्दा किफायती बलर रहे – ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।

२०५ रनको लक्ष्य पछ्याएको दिल्लीले सुरुवात राम्रो गरे पनि अन्तिम चरणमा विकेट गुमाउँदै ९ विकेटको क्षतिमा १९० रनमै सीमित रह्यो । फाफ डु प्लेसिसले ४५ बलमा ६२ र अक्षर पटेलले २३ बलमा ४३ रन बनाएका थिए । उनीहरूबीच ७६ रनको साझेदारी भएपछि दिल्ली जित नजिक पुगेको थियो, तर नारायणले पटेललाई आउट गरेपछि खेल कोलकातातर्फ फर्किएको हो ।

नारायणले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए भने वरुण चक्रवर्तीले २ विकेट लिए। अन्तिम १७ बलमा कोलकाताले ५ विकेट लिँदै दिल्लीको जितको सम्भावना टार्न सफल भयो । यो जितसँगै कोलकाताले १० खेलमा ९ अङ्क जोडेको छ र अंक तालिकामा सातौँ स्थानमा रहेको छ । दिल्ली १२ अङ्कसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति: ०७:४९ बजे, बुधबार, वैशाख १७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्