Kathmandu Press

मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली भारत भ्रमणमा

मंगलबार भारत सरकारको आमन्त्रणामा मुख्यमन्त्री शाह भारत भ्रमणमा गएका हुन्। मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली वैशाख १६ देखि २२ गतेसम्म भारत भ्रमणमा रहने छन्।
मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली भारत भ्रमणमा

काठमाडौं, वैशाख १६ : सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह भारत भ्रमणमा गएका छन्।

मंगलबार भारत सरकारको आमन्त्रणामा मुख्यमन्त्री शाह भारत भ्रमणमा गएका हुन्। मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली वैशाख १६ देखि २२ गतेसम्म भारत भ्रमणमा रहने छन्।

Hardik ivf

मन्त्री शाहले त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गरी भारतको दिल्ली हुँदै देहरादुन, लखनउ लगायतको भ्रमण गर्ने जानकारी दिएका छन्। भ्रमणले प्रदेश सरकार बीचमा राम्रो सम्बन्ध निर्माण हुने वातावरण बन्ने र दिनसक्ने र लिनसक्ने कुरामा पनि सहजता हुने उनको विश्वास छ।

‘भारतको दिल्ली हुँदै देहरादुन, लखनउ लगायतको भ्रमण गर्ने छौं हामी भौगोलिक रुपमा पनि जोडिएका छौं। हामीले विभिन्न चरणमा विभिन्न तरिकाले हाम्रो पर्यटनको विकास, कृषिको विकास र पूर्वाधारका विकासमा पनि भारत सरकारको सहयोग आएकै छ,’ उनले भने, थप सहयोगको पनि हामीले अपेक्षा गर्ने नै भयौं। मलाई लाग्छ यो भ्रमणले प्रदेश सरकार बीचमा पनि राम्रो सम्बन्ध निर्माण हुने वातावरण हुन्छ । त्यसैले हामीले दिनसक्ने र लिनसक्ने कुरामा पनि सहजता हुन्छ।’

उनले राममन्दिरको पनि दर्शन गर्ने जानकारी गराए। उनका अनुसार भ्रमणमा कुनै औपचारी सम्झौताहरु भने हुने छैन।

भ्रमण टोलीमा प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलको नेता घनश्याम चौधरी, नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक नरेशकुमार शाही, नेकपा (माओवादी केन्द्र) प्रदेश सभा सदस्य झपटबहादुर साउद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्यसचिव डा.कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा.जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट रहेका छन्।

 

प्रकाशित मिति: १४:०९ बजे, मंगलबार, वैशाख १६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्