जंगली च्याउ खाँदा पाँच जना बिरामी
तनहुँ, वैशाख २२ : घर नजीकै जंगलबाट ल्याइएको च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन्। देवघाट गाउँपालिका–५ साउने निवास....

तनहुँ, वैशाख २२ : घर नजीकै जंगलबाट ल्याइएको च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन्। देवघाट गाउँपालिका–५ साउने निवासी ४२ वर्षीय कृष्ण भुजेलको परिवार जंगली च्याउ खाएर विरामी परेका हुन्।
तिनमध्ये बुबा कृष्ण र उनका १५ वर्षीय छोरा धनलालको अवस्था गम्भीर रहेको र दुवैको पुरानो मेडिकल भरतपुरमा उपचार भरहेको प्रहरीले जनाएको छ। त्यसैगरी ४० वर्षीया श्रीमती गौरी तथा छोरा २१ वर्षीय तीर्थ र १७ वर्षीय मीनबहादुरको भरतपुर अस्पताल चितवनमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय देवघाटका प्रहरी नायब निरीक्षक उज्ज्वल तिलुवालले जानकारी दिए।
प्रकाशित मिति: १७:४८ बजे, सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











