Kathmandu Press

काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्दै

गत चैत १५ गते भएको राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेपछि पक्राउ परेका राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रलगायत ६४ जना पक्राउको विरोधमा राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्न लागेको हो।
काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्दै

काठमाडौं, वैशाख १५ः कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले सोमबार काठमाडौंमा प्रदर्शन गर्दैछ।

गत चैत १५ गते भएको राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेपछि पक्राउ परेका राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रलगायत ६४ जना पक्राउको विरोधमा राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्न लागेको हो।

प्रदर्शन आज १ः३० बजे प्रदर्शनीमार्ग, भृकुटीमण्डपमा हुने राप्रपा नेपालले जनाएको छ।  यस्तै यसअघि संयुक्त जनआन्दोलन समितिका अध्यक्ष नवराज सुवेदीले यसअघि नै विज्ञप्ति जारी गर्दै वैशाख १५ गते काठमाडौंमा राप्रपा नेपालले आयोजना गर्ने जनप्रदर्शनमा आफ्नो पूर्ण साथ, सहयोग रहने जनाएको छ।

प्रकाशित मिति: १०:५५ बजे, सोमबार, वैशाख १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्