यी स्थानमा आज मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना
सोमबार देशको पूर्वी भागमा वर्षा हुने सम्भावना देखिएको छ। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ।
काठमाडौं, वैशाख १५ः सोमबार देशको पूर्वी भागमा वर्षा हुने सम्भावना देखिएको छ। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ।
यसका साथै नेपालको मौसमी प्रणालीमा बंगालको खाडीबाट भित्रिए जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको महाशाखाले बताएको छ। सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।
कोशी, मधेस, बागमती, गण्डकीका केही स्थानहरूमा, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
सोमबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)