Kathmandu Press

लिभरपुललाई प्रिमियर लिगको उपाधि

लिभरपुललाई प्रिमियर लिगको उपाधि

काठमाडौं, वैशाख १५ः लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। आइतबार टोटेनहम हटस्परलाई ५–१ ले पराजित गरेसँगै लिभरपुलले उपाधि जितेको हो।

दोस्रो स्थानमा रहेको आर्सनलले कमजोर प्रदर्शन गरेपछि लिभरपुललाई लिग जित्न अन्तिम ५ खेलबाट मात्र १ अंक आवश्यक थियो। स्टार खेलाडीहरु लगातार लामो समय घाइते भएपछि आर्सनल अपेक्षित नतिजा निकाल्न असफल भएको थियो।

Hardik ivf

टोटेनहमका डोमिनिक सोलाङ्केले खेलको १२औं मिनेटमा गोल गर्दै लिभरपुलाई दबाबमा पारे। तर त्यो अग्रतालाई‌ जोगाउन टोली असफल रह्यो।

घरेलु टोलीका लागि लुइस डियाजले १६ औं‌ मिनेटमा बराबरी गोल फर्काए। त्यसको ८ मिनेटपछि एलेक्सिस म्याक एलिस्टरको गोलमा लिभरपुल अगाडि लाग्यो।

३४औं मिनेटमा कोडी गाक्पोले गोल गरेपछि पहिलो हाफमा लिभरपुलले ३–१ को अग्रता कायम गर्यो। ६३औं मिनेटमा मोहम्मद सलाहले लिभरपुलको लागि चौथो गोल गरे।

यससँगै लिभरपुलले इंग्लिस फुटबलको शीर्ष लिग जित्ने म्यानचेस्टर युनाइटेडको रेकर्ड बराबरी गरेको छ। दुवै टिम २० पटक लिग च्याम्पियन बनेका छन्।

प्रकाशित मिति: १०:३८ बजे, सोमबार, वैशाख १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्