Kathmandu Press

वानेश्वरमा शिक्षक र प्रहरीबीच झडप, शिक्षकहरु घाइते

वानेश्वरमा शिक्षक र प्रहरीबीच झडप, शिक्षकहरु घाइते

काठमाडौं, वैशाख १४ः आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँ वानेश्वरमा झडप भएको छ। बिजुलीबजार–नयाँ वानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो।

शिक्षकहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोजेको थियो। सोही क्रममा तनाव बढेको हो। आक्रोशित भिडबाट प्रहरीमाथि ढुंगामुढा प्रहार भएको थियो।

Hardik ivf

वानेश्वरमा शिक्षक र प्रहरीबीचको झडपमा प्रहरीले पानीको फोहरा प्रहार गरेको थियो। शिक्षक महासंघका अनुसार उक्त झडपमा १५ जनाभन्दा बढी शिक्षक घाइते भएका छन्।

शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन्। उनीहरुले चैत २५ गतेदेखि शैक्षिक आमहड्ताल घोषणा समेत गरेका छन्। यसबीचमा शिक्षक र सरकारका प्रतिनिधिबीच सहमतिको प्रयास भए पनि सहमति जुट्न सकेको छैन।

प्रकाशित मिति: १४:४५ बजे, आइतबार, वैशाख १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्