Kathmandu Press

सांसद राई पक्राउबारे प्रहरीले दियो संसद्लाई जानकारी 

नेपाल प्रहरीको अपराध अनुसन्धान तथा कारबाही शाखा (भद्रकाली काठमाडौं) ले राईको पक्राउबारे प्रतिनिधिसभा सभामुख देवराज घिमिरेलाई पत्र लेखेर जानकारी गराएको हो । 
सांसद राई पक्राउबारे प्रहरीले दियो संसद्लाई जानकारी 
Hardik ivf

काठमाडौं, वैशाख १४ : सहकारी ठगी प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईबारे प्रहरीले संसद्लाई जानकारी दिएको छ । 

राई शनिबार (वैशाख १३) बेलुका काठमाडौंको कपनबाट पक्राउ परेकी थिइन् । नेपाल प्रहरीको अपराध अनुसन्धान तथा कारबाही शाखा (भद्रकाली काठमाडौं) ले राईको पक्राउबारे प्रतिनिधिसभा सभामुख देवराज घिमिरेलाई पत्र लेखेर जानकारी गराएको हो । 

स्वर्णलक्ष्मी वहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा राईलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको प्रहरीको पत्रमा उल्लेख छ । राईलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको व्यहोरा प्रहरीले सभामुखलाई जानकारी दिएको छ । 

प्रकाशित मिति: ०८:४७ बजे, आइतबार, वैशाख १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्