Kathmandu Press

आज दुईवटा समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

बिहान ११ बजे सिंहदरबारमा बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ । 
आज दुईवटा समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं, वैशाख १४ : आज संघीय संसद अन्तर्गत दुई वटा समितिको बैठक बस्दै छ। 

आइतबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति बैठक र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्न लागेको हो । 

Hardik ivf

बिहान ११ बजे सिंहदरबारमा बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ । 

त्यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बिहान साढे ८ बजे बस्दैछ।

बैठकमा नेपाल सरकारले प्रस्तुत गर्ने आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त तथा प्राथमिकताका लागि समितिको तर्फबाट सुझाव सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। 

प्रकाशित मिति: ०८:१२ बजे, आइतबार, वैशाख १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्