Kathmandu Press

धनुषामा राजेन्द्र लिङ्देनको पुत्ला दहन

धनुषामा राजेन्द्र लिङ्देनको पुत्ला दहन
Hardik ivf

जनकपुर, वैशाख १३ः धनुषाको लक्ष्मिनियामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पुत्ला दहन गरेका छन्।

हिजो लिङ्देनले संसद बैठकमा नेपाली कांग्रेसका छोराले भाटभटेनीमा लुटपाट गरेको भन्दै अभिव्यक्ति दिएका थिए। उनको सो अभिव्यक्तिप्रति आक्रोस व्यक्त गर्दै शनिबार ९आज० नेपाली कांग्रेस धनुषाका नेता तथा कार्यकर्ताले आधा घण्टा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको लक्ष्मिनिया बजारमा चक्का जाम गर्नुका साथै लिङ्देनको पुत्लासमेत जलाएका हुन्।

लिङ्देनले निराधार अभिव्यक्ति दिएको भन्दै उनलाई तत्काल कारवाहीको गर्नुपर्ने माग कांग्रेसका नेता तथा कार्यकर्ताले गरेका छन्। लिङ्देनले उनको अभिव्यक्तिप्रति माफि नमागे थप कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।

प्रकाशित मिति: १२:३३ बजे, शनिबार, वैशाख १३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्