नेपाली कांग्रेसका नेता तीर्थराम डंगोलको निधन

काठमाडौं, वैशाख १३ः नेपाली कांग्रेसका नेता तीर्थराम डंगोलको निधन भएको छ। डंगोल पूर्वस्वास्थ्य राज्यमन्त्री पनि हुन्।
७७ वर्षीय डंगोलको शुक्रबार राति निधन भएको हो। उनी प्रोष्टेट क्यान्सर र मिर्गौला रोगबाट पीडित थिए। उनको उपचारका क्रममा सिनामंगलस्थित केएमसी अस्पतालमा निधन भएको हो।
डंगोल कांग्रेस काठमाडौंको कोषाध्यक्ष, जिल्ला सभापति तथा काठमाडौं महानगरपालिकाको उपमेयरसमेत भएका थिए। २०६२र६३ को जनआन्दोलनका बेला उनी काठमाडौंमा कमाण्डर थिए।
उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ देखि दिउँसो १ बजेसम्म राखिने छ। त्यसपछि आजै टेकू दोभानमा उनको अन्त्येष्टि गरिनेछ।
डंगोलको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दुस्ख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।
प्रकाशित मिति: ११:१३ बजे, शनिबार, वैशाख १३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार