Kathmandu Press

शिक्षक आन्दोलन आज २५औँ दिन पनि जारी

सामुदायिक विद्यालयका शिक्षकहरूले काठमाडौंको सडककेन्द्रित आन्दोलनको आज २५ औँ दिन पनि आन्दोलन जारी गर्ने भएका छन्।
शिक्षक आन्दोलन आज २५औँ दिन पनि जारी

काठमाडौं, वैशाख १३ः सामुदायिक विद्यालयका शिक्षकहरूले काठमाडौंको सडककेन्द्रित आन्दोलनको आज २५ औँ दिन पनि आन्दोलन जारी गर्ने भएका छन्।

शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन अन्तिम लडाईंमा पुगेको् भन्दै सहभागिता बढाउन आग्रह गरेका छन्।

Hardik ivf

उनले फेसबुकमा लेखेका छन्,‘ हामी निर्णायक र अन्तिम लडाईंमा छौं । यस्तो वेला नियमित भन्दा बढी बल लगाउनु पर्छ । यो कुरालाई मनन गरी सहभागिता बढाउनुहोला।’

उनले आन्दोलनमा सहभागि नभई गाउँमै रहेका शिक्षकहरुलाई आन्दोलनले खोजेको भन्दै लेखेका छन्, ‘गाउँघरमै रहनु भएका साथीहरु, यो आन्दोलनले तपाईंलाई खोजीरहेको छ। सँगैका साथी आन्दोलनको मोर्चामा डटिरहँदा तपाईको कर्तव्य के होला, एकपटक आफैंलाई सोध्नुहोला।’

आन्दोलन स्थलमा पानीका बोतलहरु छरपष्ट नपार्न भन्दै आफूले पानी खाएको बोतल आफैं लिएर जान पनि उनले अनुरोध गरेका छन्।

प्रकाशित मिति: १०:५२ बजे, शनिबार, वैशाख १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्