Kathmandu Press

एनएसएलको उपाधिका लागि ललितपुर र पोखरा भिड्दै

आज साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनलमा उपाधिका लागि डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी र पोखरा थन्डर्स एफसी भिड्दै छन्।
एनएसएलको उपाधिका लागि ललितपुर र पोखरा भिड्दै

काठमाडौं, वैशाख १३ :  नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको फाइलन आज हुँदै छ। आज साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनलमा उपाधिका लागि डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी र पोखरा थन्डर्स एफसी भिड्दै छन्।

अपराजित रहँदै ललितपुर शीर्ष स्थानमा हरँदै क्वालिफायरमा पुगेको ललितपुरले धनगढीलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो भने पोखरा लिगमा चौथो स्थानमा रहँदै प्लेअफमा पुगेको ऊ एफसी चितवन र धनगढी एफसीलाई हराउँदै फाइनल यात्रा तय गरेको हो।

Hardik ivf

पोखराका लागि यो पहिलो फाइनल हो भने ललितपुर दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ।

यस्तोमा पोखराले पहिलो पटक फाइनल पुगेर उपाधि जित्ने लक्ष्य लिएको छ । पोखराका प्रशिक्षक सुमन श्रेष्ठले फाइनलका लागि तयार भएको र राम्रो रणनीति बनाएर उपाधि जित्ने विश्वास गरे।

‘हाम्रो टोलीले राम्रो रणनीति बनाएर उपाधि जित्ने विश्वास लिएका छौं । फाइनलका लागि हाम्रो टोलीको राम्रो तयारी छ । सुरुवाती दुई खेलमा पराजित भए पनि पछिल्ला खेलको लयलाई कामय राखेर हामी उपाधि जित्नेमा आशावादी छौं,’ उनले भने।

पोखराका कप्तान नवयुग श्रेष्ठले ललितपुरविरूद्ध प्रतिस्पर्धात्मक खेल हुने र व्यक्तिगत रुपमा अर्थपूर्ण खेल हुने बताए।
 
ललितपुरका प्रशिक्षक साइमन ग्रेसनले पहिलो क्वालिफायर जितेपछि एक साताको तयारी गर्न पाएको र रेस्ट पनि राम्रो भएकाले उपाधि जित्ने विश्वास गरे। उनले आफूहरु आत्मविश्वासी रहेको पनि बताए।

ललितपुरका कप्तान अनन्त तामाङले पनि क्वालिफायरपछि एक साताको समय पाएकाले फाइनलका लागि राम्रो तयारी गर्न पाएको बताए।

 

प्रकाशित मिति: ०७:४० बजे, शनिबार, वैशाख १३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्