Kathmandu Press

राहत वितरणको क्रममा स्थानीय र प्रहरीबीच झडप, चार घाइते

लहान, वैशाख २२ : लकडाउन’को मारमा परेका विपन्न, मजदूर परिवारलाई राहत वितरण गर्ने क्रममा सिरहा नगरपालिका– ७ फूलबडियामा स्थानीय र प्रहरीबीच झ....

राहत वितरणको क्रममा स्थानीय र प्रहरीबीच झडप, चार घाइते
Hardik ivf

लहान, वैशाख २२ : लकडाउन’को मारमा परेका विपन्न, मजदूर परिवारलाई राहत वितरण गर्ने क्रममा सिरहा नगरपालिका– ७ फूलबडियामा स्थानीय र प्रहरीबीच झडप भएको छ। झडपमा चार जना घाइते भएका छन्।
    
राहत लिनेको सूचीमा धनी व्यक्तिको नाम समावेश भएको भन्दै स्थानीयले राहत वितरण गर्ने टोलीमाथि ढुंगामुढा गर्न थालेपछि प्रहरी र स्थानीयबीच झडप भएको हो। झडपका क्रममा प्रहरीले भीडलाई तितरवितर पार्न तीन राउण्ड हवाई फायर र आधा दर्जन राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

झडपमा चार जना स्थानीय सामान्य घाइते भएको र उनीहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ। 
    
मिर्चैया नगरपालिका ७ का वडाध्यक्ष रामकुमार यादवले राहत पाउनेको सूचीमा आफ्ना आसेपासेको नाम मात्रै समावेश गरी राहत वितरण गर्न थालेकाले विरोधमा उत्रेका स्थानीय रामेश्वर यादवले बताए। वडाध्यक्ष यादवले मनोमानी ढंगले विपन्नको नामावली संकलन गरेर राहत वितरण गर्न थालेको विरुद्धमा  स्थानीय ओर्लिएपछि प्रहरी र स्थानीयबीच झडप भएको उनको भनाई छ। यता वडाध्यक्ष यादवले कुनै पूर्वाग्रह नराखी निष्पक्ष तरिकाले वास्तविक विपन्न, गरिब परिवारलाई राहत वितरण गर्न खोज्दा राजनीतिरुपमा विवाद सिर्जना गर्न खोजिएको बताए। यसअघि मिर्चैया नगरपालिकाको अन्य वडामा पनि राहत वितरण गर्ने क्रममा विवाद भएको थियो। 
    
यस्तै सिरहाको सुखीपुर नगरपालिका– २ मा पनि राहत विरतणका क्रममा आइतबार झडप भएको थियो। वडाध्यक्ष भुपनेश्वर यादवले राहत वितरण गर्नेको सूचीमा आफ्ना आसेपासेको नाममा मात्र समावेश गरेको भन्दै राहत वितरणमा अवरोध गर्न खोजेपछि झडप भएको हो। झडपका क्रममा प्रहरीले लाठीचार्ज गरी भीडलाई तितरवितर पारेको थियो। 

प्रकाशित मिति: १६:०१ बजे, सोमबार, वैशाख २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्