Kathmandu Press

चाँदी खोलामा बालकको शव फेला, हत्याको आशंका

वृन्दावन नगरपालिका–७ बस्ने १४ वर्षीय कृष्ण प्रसाद यादवको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।
चाँदी खोलामा बालकको शव फेला, हत्याको आशंका

रौतहट, वैशाख १२ : रौतहटको गरुडा नगरपालिका–८ स्थित चाँदी खोलामा १४ वर्षीय बालकको शव फेला परेको छ। वृन्दावन नगरपालिका–७ बस्ने १४ वर्षीय कृष्ण प्रसाद यादवको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

बालकको शवको प्रकृति हेर्दा हत्या गरेर फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। 

Hardik ivf

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीका अनुसार  बालकको शव शुक्रबार बिहान पानीमा घोप्टो परेको अवस्थामा फेला परेको हो। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानका आधारमा शवको पेट र कन्चटमा गहिरो चोट देखिएको र धारिलो हतियार प्रयोग भएको हुन सक्ने आशंका गरिएको उनको भनाइ छ। 

घटनासम्बन्धी थप अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

 

प्रकाशित मिति: २०:५८ बजे, शुक्रबार, वैशाख १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्