Kathmandu Press

शिक्षामन्त्रीसँग वार्ता नगरी फर्कियो शिक्षक महासंघको टोली

वार्ताका लागि महासंघको २५ जनाको टोली सिंहदरवार पुगेको थियो।
शिक्षामन्त्रीसँग वार्ता नगरी फर्कियो शिक्षक महासंघको टोली
फाइल तस्बिर।

काठमाडौं, वैशाख १२ : नेपाल शिक्षक महासंघका प्रतिनिधि शिक्षा मन्त्रीसँग वार्ता नगरी फर्किएका छन्।

महासंघका प्रतिनिधि मन्त्रालय नै नपुगी विचैबाट फर्किएका हुन्। नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्तले शिक्षक महासंघलाई वार्ताका लागि आव्हान गरेका थिए।

वार्ताका लागि महासंघको २५ जनाको टोली सिंहदरवार पुगेको थियो। तर विशेष कारणवश मन्त्रालय प्रवेश नगरी फर्किएको जानकारी नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका छन्।

महासंघ अध्यक्ष सुवेदीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली नेपाल शिक्षक महासङ्घले तयार नगरेको दाबी समेत गरेका छन्।

सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकको माग सम्बोधन गरी उनीहरुलाई विद्यालय फर्काउने वातावरण तयार गर्न विहीबार अन्तरिम आदेश दिएको थियो। तर हालसम्म वार्ताका लागि भने कुनै प्रगति हुन सकेको छैन।

आफ्ना माग संवोधन गर्न शिक्षा ऐनको माग गर्दै शिक्षकहरुले राजधानी केन्द्रीत आन्दोलन गर्दै आएका छन्।

 

 

प्रकाशित मिति: २०:३४ बजे, शुक्रबार, वैशाख १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्