Kathmandu Press

१४ महिनापछि प्रधानमन्त्रीबाट राजीनामा दिन्छु : प्रधानमन्त्री ओली

‘अब १४ महिनापछि मैले राजीनामा गर्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ।’
१४ महिनापछि प्रधानमन्त्रीबाट राजीनामा दिन्छु : प्रधानमन्त्री ओली

काठमाडौं, वैशाख १२ : प्रधानमन्त्री केपी ओलीले १४ महिनापछि आफूले प्रधानमन्त्रीबाट राजीनामा दिने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन्।

शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिनक्रममा प्रधानमन्त्री ओलीले यस्तो भनाई राखेका हुन्। सरकार परिवर्तनको चर्चा भइरहेका बेला प्रधानमन्त्री ओलीबाट यस्तो प्रतिक्रिया आएको हो।

Hardik ivf

प्रधानमन्त्री ओलीले भने, ‘अब १४ महिनापछि मैले राजीनामा गर्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ।’

यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि थाइल्यान्ड भ्रमणबाट काठमाडौं फर्कने क्रममा विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा सत्ता गठबन्धनमा कुनै समस्या नभएको बतएका थिए।

सभापति देउवाले गठबन्धन जसरी पनि टिक्ने बताएका थिए।

 

प्रकाशित मिति: २०:२७ बजे, शुक्रबार, वैशाख १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्