Kathmandu Press

शोक प्रस्ताव पारित गरेर राष्ट्रिय सभाको पहिलो बैठक स्थगित

शोक प्रस्ताव पारित गरेर राष्ट्रिय सभाको पहिलो बैठक स्थगित

काठमाडौं, वैशाख १२ : राष्ट्रियसभाको पहिलो बैठक शुक्रबार शोक प्रस्ताव पारित गरेर सकिएको छ।

राष्ट्रिय सभाको १८ औं अधिवशेनको पहिलो बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सभा समक्ष पढेर सुनाएका थिए।

त्यसपछि अध्यक्ष दाहालले लोकतन्त्र प्राप्तिका लागि जीवन आहुति दिएका ज्ञात÷अज्ञात शहीदप्रति सभामा १ मिनेट उभिएर मौनधारण गर्न आग्रह गरे।

बैठकमा अध्यक्ष दाहालले पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनमा शोक प्रस्ताव प्रस्तुत गरेका थिए । शोक प्रस्तावलाई सभाले सर्वसम्मतिले पारित गरेको छ । बैठकले बोहराप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ।

दिवङ्गत बोहराप्रति सभाका सदस्यहरूले १ मिनेट उठेर मौन धारण गरे । राष्ट्रियसभाको अर्को बैठक आइतबार बस्ने गरी अध्यक्ष दाहालले शुक्रबारको बैठक स्थगित गरेका थिए।

 

प्रकाशित मिति: १६:२८ बजे, शुक्रबार, वैशाख १२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्