Kathmandu Press

शिक्षा मन्त्रीसँग वार्ता गर्न महासंघबाट २५ जनाको टोली खटियो

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीको नेतृत्वमा २५ सदस्यीय वार्ता समिति बनाइएको छ।
शिक्षा मन्त्रीसँग वार्ता गर्न महासंघबाट २५ जनाको टोली खटियो

काठमाडौं, वैशाख १२ : शिक्षा मन्त्रालय र आन्दोलनरत शिक्षकबीच वार्ताका लागि शिक्षक महासंघबाट २५ जनाको टोली खटिएको छ।

शिक्षामन्त्री रघुजी पन्तले वार्तामा बोलाएपछि शिक्षक महासंघका पदाधिकारी वार्ताका लागि सिंहदरबार पुगिसकेका छन्। नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीको नेतृत्वमा २५ सदस्यीय वार्ता समिति बनाइएको छ।

महासंघको नेतृत्वमा सबै शिक्षक संघ संगठनका प्रतिनिधि वार्तामा सहभागी हुन लागेका हुन् । वार्तामा सरकारका तर्फबाट शिक्षामन्त्री रघुजी पन्त आफैँ सहभागी छन्।

बुधबार मात्रै सर्वोच्च अदालतले तीन दिनभित्र विद्यालयमा फर्किने वातावरण बनाउन शिक्षा मन्त्रालयका नाममा आदेश दिएको थियो।

त्यसलगत्तै शिक्षामन्त्री पन्तले संवाद तथा छलफल गरी सामूहिक रुपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि डाकेका हुन् ।

 

प्रकाशित मिति: १६:२६ बजे, शुक्रबार, वैशाख १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्