Kathmandu Press

सत्ता गठबन्धनमा कुनै समस्या छैन : सभापति देउवा

देउवाले आफूलाई सत्ता समीकरण परिवर्तन हुने कुरा थाहा नभएको समेत बताए।
सत्ता गठबन्धनमा कुनै समस्या छैन : सभापति देउवा

काठमाडौं, बैशाख १२ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा कुनै समस्या नभएको बतएका छन्।

थाइल्यान्ड भ्रमणबाट काठमाडौं फर्कने क्रममा शुक्रबार विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिने क्रममा देउवाले उक्त भनाई राखेका हुन् । सभापति देउवाले गठबन्धन जसरी पनि टिक्ने बताए।

सञ्चारकर्मीसँग पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘गठबन्धन जसरी पनि टिक्छ । केही भएको छैन।’

साथै, देउवाले आफूलाई सत्ता समीकरण परिवर्तन हुने कुरा थाहा नभएको समेत बताए।

देउवाको प्रतिक्रिया थियो, ‘सत्ता समीकरण परिवर्तन हुने कुरा कसले भनेको हो, मलाई थाहा छैन ।’

 

प्रकाशित मिति: १६:२३ बजे, शुक्रबार, वैशाख १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्