Kathmandu Press

नवनियुक्त शिक्षामन्त्री पन्तद्वारा शिक्षकहरुलाई वार्ताका लागि आव्हान

शिक्षकहरुसँग विगतमा झैं निरन्तर संवाद तथा छलफल गरी सामूहिक रुपमा समाधानका उपाय खोज्न भन्दै मन्त्री पन्तले शिक्षकहरुलाई वार्तामा बोलाएका हुन्।
नवनियुक्त शिक्षामन्त्री पन्तद्वारा शिक्षकहरुलाई वार्ताका लागि आव्हान
फाइल तस्बिर।

काठमाडौं, वैशाख १२ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा डाकेका छन्।

मन्त्री पन्तले एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत शिक्षकहरुलाई वार्तामा डाकेका हुन् । शिक्षकहरुसँग विगतमा झैं निरन्तर संवाद तथा छलफल गरी सामूहिक रुपमा समाधानका उपाय खोज्न भन्दै मन्त्री पन्तले शिक्षकहरुलाई वार्तामा बोलाएका हुन्।

‘शिक्षकहरुसँग विगतमा झैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रुपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई नेपाल सरकारको तर्फबाट हार्दिक आह्वान गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित मिति: १४:१९ बजे, शुक्रबार, वैशाख १२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्