‘एमालेसँग भएको ७ बुँदे सहमति कांग्रेसले अक्षरशः पालना गर्छ’
सम्बन्धित देशको करदाताले तिरेको कर सोही देशको जनताको हितमा खर्च गर्नुपर्छ भन्ने मान्यता विकसित भइरहेको उनले बताए।
काठमाडौं, वैशाख १२ : नेपाली कांग्रेसले सत्ता सञ्चालनका लागि एमालेसँग भएको सहमति अक्षरशः पालना गर्ने बताएको छ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पार्टीका तर्फबाट समय लिएर बोल्दै प्रमुख सचेतक श्यामकुमार घिमिरेले कांग्रेसले उक्त भनाई राखेका हुन्।
प्रमुख सचेतक घिमिरेले भने, ‘एमालेसँग सरकार सञ्चालनमा भएको सहमति कांग्रेसले अक्षरशः पालना गर्छ।’
उनले संसदमा बोल्नेक्रममा नेपालले वैदेशिक अनुदानमा धेरै आशा गर्ने ठाउँ नरहेको पनि बताए। सम्बन्धित देशको करदाताले तिरेको कर सोही देशको जनताको हितमा खर्च गर्नुपर्छ भन्ने मान्यता विकसित भइरहेको उनले बताए।
घिमिरेले जिडिपीको ४०/४२ प्रतिशत ऋण भार हुँदैमा आत्तिनुपर्ने अवस्था नरहेको भनाई समेत राखे। नेपाल सम्भावनायुक्त मुलुक भएकाले आन्तरिक सम्भावनालाई ख्याल गर्नुपर्नेमा घिमिरेको जोड थियो।
प्रकाशित मिति: १४:१४ बजे, शुक्रबार, वैशाख १२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

