Kathmandu Press

‘भूकम्पलगायतका विपद्बाट हुने जोखिम न्यूनीकरण गर्न ध्यानपूर्वक काम गरौं’

‘भूकम्पलगायतका विपद्बाट हुने जोखिम न्यूनीकरण गर्न ध्यानपूर्वक काम गरौं’

ललितपुर, वैशाख १२ : गृहमन्त्री रमेश लेखकले प्रकृतिलाई बिगारेर आफैँ जोखिम निम्त्याउन नहुनेमा जोड दिएका छन् । 

शुक्रबार ललितपुर महानगरपालिकाद्वारा आयोजित ‘ललितपुर मेट्रोपोलिटियन सिटी रेजिलियन्स फेयर’लाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले विगतमा भोगेको विपद् र तिनले पु¥याएको जनधनको क्षतिका साथै पु¥याएको पीडा स्मरण गर्न कार्यक्रम भएको बताउँदै आगामी दिनमा भूकम्पलगायतका विपद्बाट हुने जोखिम न्यूनीकरण गर्न ध्यानपूर्वक काम गर्नुपर्नेमा जोड दिए । 

Hardik ivf

उनले भने, ‘हाम्रो नियतका कारण प्रकृतिलाई बिगार्यौं भने आफैँ जोखिममा पर्छौँं । हामीले निर्माण भौतिक संरचना मजबुत हुन जरुरी छ, प्रकृतिलाई सुरक्षित राख्न जरुरी, विपद्मा खोज उद्धार र राहतका प्रतिकार्य गर्न जरुरी छ । विगतका दुःख र पीडालाई सम्झेर भविष्यमा जोखिमबाट बच्च हरेक दिन तयारी गर्नुपर्छ ।’

गृहमन्त्री लेखकले विपद्पछिको पुनःनिर्माण, खोज, उद्धार र राहतका कार्यमा ललितपुर महानगरले अनुकरणीय काम गरेको छ भन्दै प्रशंसा गरे ।

उनले भने, ‘पुनःनिर्माणमा दातृ संस्थाबाट धेरै सहयोग प्राप्त गरेका छौँ, ललितपुर महानगरले विपद् व्यवस्थापनमा अनुकरणीय काम गरेको छ, हामी जोखिमपूर्ण भूभागमा छौँ, बाढीपहिरोको विषयमा पूर्वानुमान गर्न सकिन्छ, तर भूकम्पको पूर्वानुमान गर्न सकिँदैन, तसर्थ भूकम्प जतिसुकै बेला पनि आउन सक्छ भनेर तयारी गर्नुपर्ने छ ।’

गृहमन्त्री लेखकले विपद्मा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रशंसा गरे । 

प्रकाशित मिति: १३:०० बजे, शुक्रबार, वैशाख १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्