Kathmandu Press

संसद्‌मा दुई विधेयक दर्ता

संसद्‌मा दुई विधेयक दर्ता

काठमाडौं, वैशाख १२ : शुक्रबार संघीय संसदमा दुई विधेयक दर्ता भएका छन्।

शुक्रबार अर्थमन्त्री विष्णु पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८१’ प्रतिनिधिसभा र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेले पर्यटन सम्बन्धी विधेयक राष्ट्रिय सभामा दर्ता गराएका हुन्।

Hardik ivf

बजेट अधिवेशनको पहिलो दिन दुई विधेयक दर्ता भएको हो।

मुलुकको समग्र आर्थिक समुन्नति र विकासका लागि आवश्यक स्रोत व्यवस्था गरी उच्च प्रतिफलयुक्त दिगो पूर्वाधार लगायतका क्षेत्रको विकास गर्नुपर्ने भएकाले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक आवश्यक परेकोअर्थमन्त्री पौडेलले बताए।

परियोजनाको पहिचान, प्राथमिकीकरण, लगानीका लागि आवश्यक पर्ने आन्तरिक स्रोत, स्वदेशी तथा वैदेशिक लगानी लगायतका वित्तीय उपकरणहरूको यथोचित प्रयोगमा विधेयकले सहयोग पुर्‍याउनेछ।

प्रकाशित मिति: ११:५४ बजे, शुक्रबार, वैशाख १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्