Kathmandu Press

नेपालकै पहिलो नवग्रह मन्दिरमा भक्तजनको घुईचो, ८० लाख भेटी संकलन

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलका अनुसार मन्दिरमा शनिवार बिशेष पुजा हुने भएकोले अन्य दिनमा भन्दा शनिवार भक्तजनहरुको वढी भीड लाग्ने गरेको छ ।
नेपालकै पहिलो नवग्रह मन्दिरमा भक्तजनको घुईचो, ८० लाख भेटी संकलन

स्याङ्जा, वैशाख ११ : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरका भक्तजनहरुको घुईचो लाग्ने गरेको छ । अर्जुनचौपारी गाउँपालिका –१ मा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरमा गत फागुनमा ९ दिने धार्मिक महोत्सव गरी उद्घाटन गरिएको मन्दिरका दैनिक जसो भक्तजनहरुको भीड लाग्ने गरेको हो । 

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलका अनुसार मन्दिरमा शनिवार बिशेष पुजा हुने भएकोले अन्य दिनमा भन्दा शनिवार भक्तजनहरुको वढी भीड लाग्ने गरेको छ ।

Hardik ivf

मन्दिर व्यवस्थापन समितिका अनुसार हालसम्म ३ लाख भन्दा बढी भक्तजनहरुले दर्शन गरिसकेका छन्  । मन्दिर भारतको आसामको भन्दा फरक रहेको र यो नवग्रह मन्दिर विश्वकै पहिलो भएको पालिका अध्यक्ष प्रकाश तिवारीले बताए । 

नवग्रह मन्दिर शनिवार मात्र खुल्नेछ र ९ चक्र मध्ये एक चक्र भने भक्तजनहरुलाई मध्यनजर गरेर अन्य दिनमा पनि पुजाआजा गर्न पाईनेछ । २७ फिट माथीतीर फर्केको अग्लो ब्रह्माणीय मुर्तीको अवलोकन प्रत्येक बर्षको गणेश चतुदर्शीमा मात्र दर्शन गर्न पाइनेछ । 

८० लाख भेटी संकलन

मन्दिरमा स्वतः स्र्फूत हालसम्म करिब ८० लाख भेटी संकलन भएको पोखरेलले बताए ।

मन्दिरका ९ दिने धार्मिक महोत्सवमा ७७ लाख ६८ हजार रुपैयाँ संकलन भएको थियो भने पछि आउने भक्तजनहरुबाट समेत संकलन गरिएको रकम जोड्दा करिब ८० लाख पुगेको उनले बताए ।

यसरी संकलन भएको रकम मन्दिरको भौतिक संरचना निर्माण, दैनिक पुजाआजा र नवग्रह मन्दिरलाई विश्वसामु चिनाउनका लागि खर्च गरिने र बाँकी रकम कोष बनाएर संकलन गरिने पालिका अध्यक्ष तिवारीले बताए ।

प्रकाशित मिति: ०८:३१ बजे, बिहीबार, वैशाख ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्