Kathmandu Press

विष सेवनबाट धनुषामा तीन बालबालिकाको मृत्यु, आमाको अवस्था गम्भिर

विष सेवनबाट धनुषामा तीन बालबालिकाको मृत्यु, आमाको अवस्था गम्भिर
Hardik ivf

जनकपुर, बैशाख ९ः धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु भएको छ। बालबालिकाकी आमा गम्भीर अवस्थामा फेला परेकी छन्।

प्रहरीका अनुसार विष सेवनबाट धनुषाको शहीदनगर नगरपालिका–५ यदुकोहाका सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी साहको मृत्यु भएको हो। सुशीलकी श्रीमती पविता साह गम्भीर अवस्थामा छिन् । ३० वर्षीया साहको उपचार प्रादेशिक अस्पतालको भेन्टिलेटरमा भइरहेको छ।

सोमबार साँझ घरमै आमासहित बालबालिकाहरु विष सेवन गरेको अवस्थामा फेला परेका थिए। स्थानीयले तत्काल उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएका थिए। अस्पताल पुर्याउँदा तीनैजना बालबालिको मृत्यु भइसकेको जनाइएको छ। प्रहरीलाई खबर प्राप्त भएपछि घटनाबारे अनुसन्धान शुरु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। घरायसी विवादमा विष सेवन गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ।

प्रकाशित मिति: १९:२२ बजे, मंगलबार, वैशाख ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्