Kathmandu Press

काठमाडौं जिल्ला प्रशासनअघि राप्रापाको धर्ना 

गत चैत्र १५ गतेको तीनकुने घटनामा पक्राउ परेका बन्दीको रिहा, उक्त घटनाको स्वतन्त्र छानविन, राजसंस्था पुनःस्थापना, सनातन हिन्दु अधिराज्य कायम गर्न, भष्टाचारीलाई कारवाही गर्नुपर्ने लगायतका माग राखिएको छ । 
काठमाडौं जिल्ला प्रशासनअघि राप्रापाको धर्ना 

काठमाडौं, बैशाख ९ :  तीनकुने घटनामा पक्राउ परेकाहरूलाई रिहाई लगायत माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा धर्ना दिएको छ ।

६ बुँदे माग राखेर राप्रपाका नेता कार्यर्कताले धर्ना दिएका हुन् । गत चैत्र १५ गतेको तीनकुने घटनामा पक्राउ परेका बन्दीको रिहा, उक्त घटनाको स्वतन्त्र छानविन, राजसंस्था पुनःस्थापना, सनातन हिन्दु अधिराज्य कायम गर्न, भष्टाचारीलाई कारवाही गर्नुपर्ने लगायतका माग राखिएको छ । 

धर्नाका शुरु हुनुअघि राप्रपाका कार्यकर्ताहरूले ड्यूटीमा खटिएका प्रहरीलाई फूल दिएका थिए । 
 

प्रकाशित मिति: १४:२४ बजे, मंगलबार, वैशाख ९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्