Kathmandu Press

ब्राजिलियन फुटबल खेलाडी रोबर्टो कार्लोस नेपालमा

ब्राजिलियन फुटबल खेलाडी रोबर्टो कार्लोस नेपालमा

काठमाडौं, वैशाख ९: ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन्।

कार्लोस दशरथ रंगशालामा जारी नेपाल सुपर लिग (एनएसएल) को खेल हेर्नका लागि उनी मंगलबार नेपाल आएका हुन्।

Hardik ivf

एनएसएलको आयोजक नेपाल स्पोट्र्स म्यानेजमेन्ट एण्ड इभेन्ट कम्पनीले उनलाई नेपाल ल्याएको हो। 

उनले आज धनगढी एफसी र पोखरा थान्डर्सबीचको दोस्रो क्वालिफायर खेल हेर्ने छन्।

Photo-(6)-1745300118.jpg
 

सन् २००२ मा ब्राजिलले विश्व कप जित्दा कार्लाेस प्रमुख खेलाडी थिए । कार्लाेसले १ सय २५ अन्तर्राष्ट्रिय खेलमा ११ गोल गरेका छन् भने क्लबबाट ७५६ खेलमा ९७ गोल गरेका छन्। 

रयल र ब्राजिलियन राष्ट्रिय टोलीका पूर्व खेलाडी समेत रहिसकेका कार्लोस फुटबल इतिहासका सबैभन्दा प्रशंसित डिफेन्डरमध्ये एक हुन् । उनले ब्राजिलबाट सन् १९९२ देखि २००६ सम्म खेलेका थिए।

 

प्रकाशित मिति: १०:२२ बजे, मंगलबार, वैशाख ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्