Kathmandu Press

विद्यार्थी सहायता कार्यक्रम अन्तर्गत पुष्प चन्द्र ट्रष्टद्वारा विभिन्न सामाग्री वितरण 

ट्रष्टले स्वर्गिय पुष्प मान श्रेष्ठको ३२ औं स्मृति दिवसका अवसरमा पुतलीबजार नगरपालिका ३ मा रहेको श्री पुण्य शिला आधारभुत विद्यालयमा अध्ययनरत ९५ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री, स्कुल ब्याग, खेलकुद सामग्री लगायतका सामग्री वितरण गरेको हो ।
विद्यार्थी सहायता कार्यक्रम अन्तर्गत पुष्प चन्द्र ट्रष्टद्वारा विभिन्न सामाग्री वितरण 

काठमाडौं, वैशाख ८ : पुष्प चन्द्र ट्रष्टले विद्यार्थी सहायता कार्यक्रमलाई निरन्तरता दिएको छ । 

ट्रष्टले स्वर्गिय पुष्प मान श्रेष्ठको ३२ औं स्मृति दिवसका अवसरमा पुतलीबजार नगरपालिका ३ मा रहेको श्री पुण्य शिला आधारभुत विद्यालयमा अध्ययनरत ९५ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री, स्कुल ब्याग, खेलकुद सामग्री लगायतका सामग्री वितरण गरेको हो । कार्यक्रमको उद्घाटन मुक्तिनाथ बिकास बैंकका पुर्ब अध्यक्ष तथा मुक्तिनाथ कृषि कम्पनिका सस्थापक अध्यक्ष भरतराज ढकालले गरेका थिए । 

Hardik ivf

विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्दै अध्यक्ष ढकालले पुष्पमान श्रेष्ठको बिचारलाइ हामी सबैले आत्मसाथ गर्नुपर्ने बिचार व्यक्त गरे । उनले यस्ता कार्यक्रमबाट समान अवसर सिर्जना हुने बताए । कार्यक्रममा नेपाली काङ्ग्रेसका वडा सभापति कमलकान्त उपाध्याय, ने क पा एमाले पुतलीबजार ३ का अध्यक्ष शालिग्राम मरासिनी, नेकपा माओवादी केन्द्रका नारायण लम्साल, स्याङ्जा चेम्बर अफ कमर्शका अध्यक्ष लोकनाथ रेग्मी, पत्रकार महासंघ स्याङ्जाका पुर्व अध्यक्ष अध्यक्ष ओम प्रकाश शर्मा, समाजसेबी टेक बहादुर भुजेल, ट्रष्टका सदस्य अनन्तमान श्रेष्ठ, शिक्षक महासंघको कार्यबहाक अध्यक्ष बन्दना लम्साल, काजिमान हरिटिका मा वि का अध्यक्ष अनुप श्रेष्ठ ,पुतलीबजार नगरपालिकाका कर्मचारी शोभा बस्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

ट्रष्टका अध्यक्ष महेन्द्रमान व्यथितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुन्यशिला आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एक नारायण मरासिनीले स्वागत, ट्रष्टका सदस्य विद्या श्रेष्ठ र विद्यार्थी युनिका भुजेलले धन्यवाद मन्तव्य र कार्यक्रमको संचालन विद्यालयका पुर्व प्रधानाध्यापक लेखनाथ शर्माले गरेका थिए । कार्यक्रममा सस्थापक योगेन्द्रमान श्रेष्ठ द्वारा रचित सामाजिक गौरब गान बजाइएको थियो ।

491586769_4884196258472504_5724358082555405681_n-1745250620.jpg
सो क्रममा ट्रष्टले नयाँ वर्षको भित्तेपात्रो विमोचन संगै शुभकामना आदानप्रदान समेत गरेको छ । स्मृति दिवस कै अवसरमा ट्रष्टले लालटिनको उज्यालोमा न्यायको खोजीका स्मृतिहरु विषयमा स्वर्गिय पुष्पमान श्रेष्ठको चर्चा समेत गरेको छ । अमोर बालगृह फेदिखोला र मुस्लिम मदरसा बाड्खोलामा अध्ययनरत विद्यार्थीहरुलाई समेत शैक्षिक सामग्री हस्तान्तरण गरेको ट्रष्टले जनाएको छ । 

ट्रष्टले यसअघि पनि स्याङ्जाका विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण गरिसकेको छ । पुण्यशिलाको स्थापना वि स २०४६ सालमा तत्कालिन जनप्रतिनिधि शिव प्रसाद उपाध्याय र पुष्पमान श्रेष्ठले संयुक्त रुपमा गरेका थिए ।

प्रकाशित मिति: ०६:४५ बजे, मंगलबार, वैशाख ९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्