वीर अस्पतालको क्यान्टिनमा खाद्य स्वस्च्छताको अनुगमन [तस्बिरहरू]
सोमबार खाद्य व्यवसायलाई स्वच्छ, ताजा र गुणस्तरीय बनाउने उद्देश्यले सुरु गरिएको कार्यक्रम अन्र्तगत महानगरले वीर अस्पतालमा खाद्य नमूना संकलन, अनुगमन र निरीक्षण गरेको हो।![वीर अस्पतालको क्यान्टिनमा खाद्य स्वस्च्छताको अनुगमन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/Photo-(2)-(9)-1745249063.jpg)
काठमाडौं, वैशाख ८ : काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त आयोजनामा घुम्ती खाद्य प्रयोगशालासहित अनुगमन एवम निरीक्षण गरिएको छ।
सोमबार खाद्य व्यवसायलाई स्वच्छ, ताजा र गुणस्तरीय बनाउने उद्देश्यले सुरु गरिएको कार्यक्रम अन्र्तगत महानगरले वीर अस्पतालमा खाद्य नमूना संकलन, अनुगमन र निरीक्षण गरेको हो।
अनुगमन पछि सञ्चारकर्मीहरुसँगको कुरा गर्दै महानगरपालिकाका फुड टेक्नोलोजिष्ट अधिकृत अनिल बस्नेतले अस्पतालमा अनुगमन गर्दा खाद्य स्वस्च्छताको सबै नियमहरु पालना गरेको पाइएको जानकारी दिए।
खासगरी सरकारी अस्पतालहरुमा यत्तिको खाद्य स्वस्च्छताको नियमहरु पालना गरेको कम मात्रामा नै भेटिने गरेको पनि उनले बताए।
उनले भने,‘उहाँहरुले सबै यो खाद्य स्वस्च्छताको सबै नियमहरु पालना गर्नुभएको पाइएको छ। एकदमै राम्रो छ । काठमाडौं महानगरपालिकाभित्र अनुगमन गरिरहँदा यत्तिको अस्पतालमा विरलै भेटिन्छ । प्रत्यक्ष विरामीले खाने भएकाले पनि होला राम्रो पाएका छौं । यस्तो सरकारी अस्पताल कमै छन्।’
त्यस्तै उनले महानगरपालिकामा धेरै उजुरीहरु आएको कारण खाद्य व्यवसायमा अनुगमन गर्न लागेको पनि बताए।
-(1)-1745249063.jpg)
-(9)-1745249063.jpg)
-1745249045.jpg)
-(3)-1745249044.jpg)
-1745249034.jpg)
-(3)-1745249034.jpg)
-(2)-1745249029.jpg)
-(3)-1745249028.jpg)












