Kathmandu Press

दाङ रेडक्रसका पूर्वअध्यक्ष आचार्यले आफैंलाई गोली हाने

८३ वर्षीय आचार्यले आफ्नै घरमा रहेको १२ बोर भरुवा बन्दुकले गोली हानेर आत्महत्या गरेका हुन्।
दाङ रेडक्रसका पूर्वअध्यक्ष आचार्यले आफैंलाई गोली हाने

दाङ, वैशाख ८ : आफैंले आफूलाई गोली हानेर दाङ रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष नारायण आचार्यले आत्महत्या गरेका छन्।

८३ वर्षीय आचार्यले आफ्नै घरमा रहेको १२ बोर भरुवा बन्दुकले गोली हानेर आत्महत्या गरेका हुन्। उनी तुलसीपुर उपमहानगरपालिका-७, मोतीपुरका हुन्। 

आचार्यले बन्दुकले गोली हान्नुको कारण भने खुलेको छैन। यस बिषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

 प्रहरीका अनुसार आचार्यको घाँटीमूनि गोली लागेको छ । घटनालगत्तै प्रहरी टोली आचार्यको घर पुगेर अनुसन्धान शुरु गरेको छ 
 

प्रकाशित मिति: १८:५९ बजे, सोमबार, वैशाख ८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्