Kathmandu Press

पोप फ्रान्सिसको निधन

भ्याटिकनको कासा सान्ता मार्टास्थित निवासमा पोपको ८८ वर्षको उमेरमा निधन भएको हो।
पोप फ्रान्सिसको निधन

भ्याटिकन सिटी, वैशाख ८ : विश्वभरका क्याथोलिकहरूका आध्यात्मिक नेता पोप फ्रान्सिसको सोमबार निधन भएको छ। 

भ्याटिकनको कासा सान्ता मार्टास्थित निवासमा पोपको ८८ वर्षको उमेरमा निधन भएको हो। उनी आइतबारमात्र इस्टरका अवसरमा सेन्ट पिटर्स स्क्वायरमा उपस्थित भएका थिए। 

Hardik ivf

उनी मिर्गौला र श्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित थिए। 

फ्रान्सिस यसै वर्ष निमोनियाका कारण दुई पटकसम्म गम्भिर विरामी परेका थिए। उनी ३८ दिन अस्पतालमा बिताएर २३ मार्चमा डिस्चार्ज भएर घर फर्किएका थिए। 

आइतबार उनले सेन्ट पिटर्स स्क्वायरमा भीडलाई हात हल्लाउँदै ‘इस्टर’ शुभकामना दिएका थिए। 

प्रकाशित मिति: १५:३३ बजे, सोमबार, वैशाख ८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्