Kathmandu Press

आन्दोलनले कक्षा १२ को परीक्षा अन्योलमा, बोर्डको अभिमूखिकरणमा गएनन् शिक्षक

उनीहरु आन्दोलनमा रहेकोबेला वैशाख ११ गतेबाट सुरु हुने भनिएको कक्षा १२ को परीक्षा हुने की नहुने भन्ने विषयले विद्यार्थी र अभिभावकहरु अन्योलमा परेका छन्।
आन्दोलनले कक्षा १२ को परीक्षा अन्योलमा, बोर्डको अभिमूखिकरणमा गएनन् शिक्षक

जनकपुर, वैशाख ८ : विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै चैत २० गतेदेखि ७७ वर्ट जिल्लाका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन्।

उनीहरु आन्दोलनमा रहेकोबेला वैशाख ११ गतेबाट सुरु हुने भनिएको कक्षा १२ को परीक्षा हुने की नहुने भन्ने विषयले विद्यार्थी र अभिभावकहरु अन्योलमा परेका छन्।

Hardik ivf

जनकपुरधामस्थित राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय मधेश प्रदेशका प्रमुख दयाराम राईका अनुसार केन्द्रिय कार्यालयबाट प्राप्त निर्देशन अनुसार परीक्षा निर्धारित समयमै हुनेगरी काम भइरहेको छ। 

उत्तरपुस्तिकलगायत परीक्षा सामग्रीहरु सम्पूर्ण परीक्षा केन्द्रहरुमा पुगिसकेको र विद्यार्थीहरुको प्रवेश पत्र वितरण हुने कार्य अहिले जारी रहेको कार्यालय प्रमुख राईले जानकारी दिए। 

केन्द्रिय कार्यालयबाट परीक्षा स्थगित भएको भन्ने अहिलेसम्म कुनै आधिकारिक जानकारी नआएकाले आफूहरुले परीक्षा तोकिएकै दिन र समयमा गर्नेगरी तयारी पूरा गरेको बताए। उनले विद्यार्थीहरुलाई पनि तोकिएकै समयमा परीक्षा लिइने भन्दै त्यस बमोजिम तयारी गर्न आग्रह गरे।

Sanjaya--Kumar-Jhaa-1745224681.jpg
ऐतिहासिक ज्ञानकुप विद्यालयका प्रधानाध्यापक संजयकुमार झा ।

यता, जनकपुरधामस्थित ऐतिहासिक ज्ञानकुप विद्यालयका प्रधानाध्यापक संजयकुमार झाले परीक्षा बोर्डले तोकिएकै समयमा परीक्षा सञ्चालन हुनेगरी तयारी गरेपनि शिक्षक महासंघको निर्णय अनुसार आफूहरुको माग सरकारले पूरा नगरेसम्म कक्षा १२ को परीक्षा सञ्चालन नगर्ने बताएका छन्। 

परीक्षा बोर्डले अभिमुखिकरण कार्यक्रमका लागि बोलाए पनि आफूहरु नगएको उनले जानकारी दिए। सरकारले शिक्षकहरुको माग सम्बोधन गरे ७२ घण्टाभित्र परीक्षा संचालनको तयारी पूरा हुने उनको भनाई छ। परीक्षा समयमा नहुँदा विद्यार्थीहरुमा पर्ने असुविधाको सम्पूर्ण जिम्मेवार नेपाल सरकार हुने उनले बताए।
.

प्रकाशित मिति: १४:२४ बजे, सोमबार, वैशाख ८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्