Kathmandu Press

वाणिज्य बैंकहरूको खुद नाफा ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ 

एक वर्षको समीक्षा अवधिमा बैंकहरुको नाफा जम्मा १.४० प्रतिशत बढेको हो। यस क्रममा नबिल बैंकले सबैभन्दा धेरै ५ अर्ब ५ करोड खुद नाफा कमाएको छ।
वाणिज्य बैंकहरूको खुद नाफा ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ 

काठमाडौं, वैशाख ७ : वाणिज्य बैंकहरूले कुल ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दा यस्तो तथ्याकं आएको हो। 

सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म वाणिज्य बैंकहरुले सो नाफा कमाएका हुन्। गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ४० अर्ब ६८ करोड रुपैयाँ थियो।

एक वर्षको समीक्षा अवधिमा बैंकहरुको नाफा जम्मा १.४० प्रतिशत बढेको हो। यस क्रममा नबिल बैंकले सबैभन्दा धेरै ५ अर्ब ५ करोड खुद नाफा कमाएको छ। तर वृद्धिदरका आधारमा भने नेपाल बैंकले सबैभन्दा धेरै २१ गुणा नाफा बढेको देखिन्छ।

एनआईसी एसिया बैंकको नाफा सबैभन्दा धेरै घटेको छ। कुमारी, सिटिजन्स, हिमालयन, स्ट्याडर्ड चार्टर्ड, सिद्धार्थ, प्राइम मर्सियल र कृषि विकास बैंकको पनि नाफा घटेको छ।
 

प्रकाशित मिति: १९:१४ बजे, आइतबार, वैशाख ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्