Kathmandu Press

चिनियाँ कम्युनिष्ट पार्टी बदल्ने राष्ट्रपति सीका ८ नियमको चर्चा 

चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक विभागले सन २०१२ मा स्वीकृत गरेका ८ वट नियम र त्यसैको आधारमा खडा भएको आधुनिक चीनबारे नेपालमा पनि चर्चा भएको हो। 
चिनियाँ कम्युनिष्ट पार्टी बदल्ने राष्ट्रपति सीका ८ नियमको चर्चा 

काठमाडाैं, वैशाख ७ : चीनको विकास र चिनियाँ कम्युनिष्ट पार्टी बदल्ने राष्ट्रपति सी जिनपिङका ८ नियममाथि नेपालमा पनि चर्चा भएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक विभागले सन २०१२ मा स्वीकृत गरेका ८ वट नियम र त्यसैको आधारमा खडा भएको आधुनिक चीनबारे नेपालमा पनि चर्चा भएको हो। 

फ्रेण्ड्सन अन क्लाउड नामक संस्थाले काठमाडौंमा गरेको कार्यक्रममा पूर्वसचिव देवेन्द्र सिटौला, संस्थाका अध्यक्ष शोभित उप्रेती, हालै चीन भ्रमणबाट फर्केका पत्रकार रोहन श्रेष्ठ, चलचित्र नायक कृष्ण मल्ल लगायतले राष्ट्रपति सीका ८ नियम र आफनो अनुभवबारे धारणा राखेका थिए। 

राष्ट्रपति सीका ८ नियममा अनुसन्धान पद्धतीको सुधार र तथ्य, मितव्ययती, आर्थिक अनुशासन, द्विपक्षीय, त्रिपक्षीय भ्रमण, समाचार रिपोर्ट, अनावश्यक बहस र प्रचार, इमान्दारिता,अनुशासन लगायतका विषय समेटिएका छन्। 

कार्यक्रममा पूर्व सचिव सिटौला र सस्थाका अध्यक्ष उप्रेतीले चीनको विकास र कार्यशैलीबाट नेपालले पनि धेरै कुरा सिकेर विकास गर्नसक्ने धारणा राखेका थिए। 

नायक मल्ल र पत्रकार श्रेष्ठले चीनले ग्रामीण क्षेत्रमा गरेको विकास, समाजवादको उपयुक्त प्रयोग, चिनियाँ प्रविधि लगायत आफूले अनुभव गरेको विषयबारे जानकारी गराएका थिए।
 

प्रकाशित मिति: १३:२० बजे, आइतबार, वैशाख ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्