काठमाडौं महानगर छात्रवृत्तिसहित शैक्षिक विकासमा प्रतिबद्ध
विद्यालय सञ्चालनको अनुमति लिँदा गरिएका प्रतिवद्धताप्रति इमान्दार हुन विद्यालयका प्रतिनिधिहरुलाई बैठकमा आग्रह गरिएको थियो।-(2)-1745133748.jpg)
काठमाडौं, वैशाख ७ : काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ ले आफ्नो भौगोलिक क्षेत्रभित्र सञ्चालनमा रहेको संस्थागत विद्यालयहरुले कक्षा १० प्रदान गर्ने छात्रवृत्तिको न्यायोचित वितरण सम्बन्धी अन्तरक्रियात्मक वैठक गरेको छ।
वडाध्यक्ष रोजिना श्रेष्ठको अध्यक्षता बसेको बैठकमा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा, शिक्षा अधिकारी गोविन्द्रप्रसाद शर्मा, वडा सदस्यहरु र विद्यालयका सञ्चालक, प्रधानाध्यापकसहित प्रतिनिधिहरु थिए।
विद्यालय सञ्चालनको अनुमति लिँदा गरिएका प्रतिवद्धताप्रति इमान्दार हुन विद्यालयका प्रतिनिधिहरुलाई बैठकमा आग्रह गरिएको थियो।
जेहेन्दार, विपन्न र लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन विद्यालयले यथार्थ विवरण दिनुपर्ने, विद्यालयहरुले आफ्नै परिसरमा फोहर वर्गीकरण र व्यवस्थापन गर्नुपर्ने, विद्यार्थी ओसार्न प्रयोग हुने सवारी साधनहरुले ट्राफिक व्यवस्थापनमा सहज हुने र सवारी चालकको आचरणबाट नमूना प्रदर्शित हुनपर्ने अपेक्षा छ।
महानगरपालिकाका अधिकारीहरुले पारदर्शिता र जवाफदेहिता अपेक्षा गरिएको बताए। बालबालिकामैत्री शिक्षा र शैक्षिक वातावरण, सुरक्षा, सामाजिक आचरण र संस्कृतिको विकास जस्ता पक्षमा संस्थागत विद्यालय र महानगरपालिकाका बिच सहकार्य हुनसक्छ।












