Kathmandu Press

ऐतिहासिक नवदेग पुरानै शैलीमा पुननिर्माण हुँदै

कुल ५ करोड ३५ लाख ८० हजार रुपैयाँको लागतमा निर्माण भइरहेको यस मन्दिरको काम २०८२ साल फागुन ४ गतेसम्म सम्पन्न गर्ने लक्ष्यसहित अगाडि बढाइएको छ।
ऐतिहासिक नवदेग पुरानै शैलीमा पुननिर्माण हुँदै

काठमाडौं, वैशाख ७ : काठमाडौं महानगरपालिका–२५ मा अवस्थित ऐतिहासिक नव देग, अर्थात् भवानी शंकर मन्दिर, अहिले पुनःनिर्माणको चरणमा रहेको छ। 

कुल ५ करोड ३५ लाख ८० हजार रुपैयाँको लागतमा निर्माण भइरहेको यस मन्दिरको काम २०८२ साल फागुन ४ गतेसम्म सम्पन्न गर्ने लक्ष्यसहित अगाडि बढाइएको छ। मन्दिर पुनर्निर्माणको लागि २०८१ साल भाद्र २ गते कार्यादेश दिइएको थियो।

इतिहासमा हेर्दा, सन् १६७५ मा प्रताप मल्लको शासनकालमा शक्तिशाली महामन्त्री देवीदास चिकुथिले मन्दिर निर्माण गराएका थिए। नव देग मन्दिरलाई त्यतिबेलाको एक अग्लो, कलात्मक र प्रभावशाली संरचनाका रूपमा लिइन्छ।

Hardik ivf

Photo-(1)-(6)-1745126002.jpg

पुनःनिर्माणसँगै, यस मन्दिरको पुरानो शिलालेखको अध्ययन गरिँदा ४९ पङ्क्तिहरू रहेको एक लेख भेटिन्छ, जसमा २५ पङ्क्तिमा महादेवको स्तुति गरिएको छ भने बाँकीमा मन्दिर सञ्चालन, नित्य पूजा र आरतीसम्बन्धी व्यवस्था उल्लेख गरिएको छ।

ब्राह्मण पुजारीमार्फत मन्दिरमा नित्य पूजा गरिन्छ भने प्रत्येक महिनाको पहिलो दिन, पूर्णिमामा, र महाशिवरात्रिमा विशेष पूजा गरिने प्रचलन रहेको छ।

Photo-(10)-(2)-1745126001.jpg

हाल पुनःनिर्माण भइरहेको संरचना अनुसार, मन्दिरको तल्लो भागमा ५ तले ईँटको भ¥याङ निर्माण हुनेछ भने त्यस माथि ३ तले मन्दिर बनाइनेछ।

यद्यपि सन् १९७५ सालको अभिलेखमा यो मन्दिर एक तले देखिएको भए पनि, त्यही अभिलेखका आधारमा अहिले तीन तले स्वरूपमा पुनर्निर्माण भइरहेको हो। 

Photo-(7)-(1)-1745126001.jpg

Photo-(5)-(1)-1745126001.jpg

Photo-(3)-(1)-1745126000.jpg

प्रकाशित मिति: १०:५९ बजे, आइतबार, वैशाख ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्