Kathmandu Press

इन्जुरी समयको पेनाल्टी गोल गर्दै बार्सिलोना विजयी

इन्जुरी समयमा राफिन्हाले गरेको पेनाल्टी गोलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४-३ ले हराएको हो। राफिन्होको गोलसँगै खेल सकिएको थियो।
इन्जुरी समयको पेनाल्टी गोल गर्दै बार्सिलोना विजयी

काठमाडौं, वैशाख ७ : स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलको इन्जुरी समयको आठौँ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै बार्सिलोना विजयी भएको छ।

इन्जुरी समयमा राफिन्हाले गरेको पेनाल्टी गोलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४-३ ले हराएको हो। राफिन्होको गोलसँगै खेल सकिएको थियो। खेलको १२ औँ मिनेटमा फेरान टोरेसले बार्सिलोनालाई अग्रता दिलाए पनि बोजाए इग्लेसियासले ह्याट्रिक गरेपछि ६३ औँ मिनेटसम्म सेल्टाभिगो ३-१ ले अगाडि थियो।

Hardik ivf

खेलको ६४ औँ मिनेटमा डानी अल्मोले गोल गरेको खेलमा ६८ औँ मिनेटमा राफिन्हाले बराबरी गोल गरेका थिए। स्पेनिस ला लिगामा शनिबार भएका अन्य खेलमा एट्लेटिको म्याड्रिडलाई लास पल्मासले १-० ले हराएको छ। रायो भल्कानो र भ्यालेन्सियाको खेल १-१ तथा मालोर्का र लेगानेसको खेल गोलरहित बराबरीमा सकिएको छ।

तालिकामा शीर्ष स्थानमा रहेको बार्सिलोनाको ७३ तथा तेस्रो स्थानमा रहेको एट्लेटिकोको ६३ अङ्क छ। एक खेल कम खेलेको रियल म्याड्रिड ६६ अङ्कसहित दोस्रो स्थानमा छ।

प्रकाशित मिति: ०७:४२ बजे, आइतबार, वैशाख ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्