तनहुँको दुलेगौडामा लियो मिनि म्याराथन सम्पन्न, सनम र मनकुमारीले जिते उपाधी
६ किलोमिटरको दूरी २६ मिनेटमा पार गर्दै आबुखैरेनीका सनमले जितेका हुन् । पुरुषतर्फको विजेता सनमले १० हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र हात पारे । यस्तै गोरखा अजिरकोटका सविन सापकोटा दोस्रो भए । उनले २७ मिनेट १५ सेकेन्डमा निर्धारित दूरी पार गरेका हुन् ।
काठमाडौं, वैशाख ७ : तनहुँको शुक्लागण्डकी नगरपालिका दुलेगौडामा पाँचौ संस्करणको लियो मिनी म्याराथन सम्पन्न भएको छ । लियो क्लब अफ खैरेनीटार दुलेगौडा मन्त्रको आयोजना सम्पन्न म्याराथनको उपाधि सनम गुरुङले जितेका छन् ।
६ किलोमिटरको दूरी २६ मिनेटमा पार गर्दै आबुखैरेनीका सनमले जितेका हुन् । पुरुषतर्फको विजेता सनमले १० हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र हात पारे । यस्तै गोरखा अजिरकोटका सविन सापकोटा दोस्रो भए । उनले २७ मिनेट १५ सेकेन्डमा निर्धारित दूरी पार गरेका हुन् ।
ऋषिङका अमित विश्वकर्मा तेस्रो भए । उनले २७ मिनेट ३० सेकेन्डमा दौड सकाएका हुन् । दोस्रो भएका सापकोटाले ६ हजार रुपैयाँ र तेस्रो हुनेले ४ हजार रुपैयाँ पाएका छन् ।
महिलातर्फ मनकुमारी लामा विजेता हुँदा, साधाना सेवा दोस्रो र सञ्जिता बिक तेस्रो भइन । उनीहरुले क्रमशः ३ हजार, १ हजार र ५ सय रुपैयाँ प्रदान गरिएको छ । मिनि म्याराथन दुलेगौंडास्थित शुक्लागण्डकी नगरपालिकाको प्रवेशद्वारबाट सुरु भएको दौड वन्केवाको कालिका मन्दिरमा पुगेर टुंगिएको क्लवकी अध्यक्ष प्रमिला सिग्देलले जानकारी दिईन् ।
मिनि म्याराथनको सुरुआत शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डित, उपमेयर खुमबहादुर विक ‘राजु’, शुक्लागण्डकी–३ का वडाध्यक्ष सचिन भुजेलले गरेका थिए ।