Kathmandu Press

नेपाल–भारतका सुरक्षा अधिकारीहरुको सीमा सुरक्षा सम्बन्धी बैठक सम्पन्न

मोदी बिहारको मधुवनीमा भ्रमणलाई ध्यानमा राख्दै भारतीय सुरक्षा अधिकारीहरुको अगुवाईमा सीमा सुरक्षा सम्बन्धि छलफल भएको हो।
नेपाल–भारतका सुरक्षा अधिकारीहरुको सीमा सुरक्षा सम्बन्धी बैठक सम्पन्न

धनुषा, वैशाख ६ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहारको मधुवनीमा आउने भएपछि नेपाल र भारतका सुरक्षा अधिकारीहरुबीच सीमा सुरक्षा सम्बन्धि छलफल सम्पन्न भएको छ।

उनको भ्रमणलाई ध्यानमा राख्दै भारतीय सुरक्षा अधिकारीहरुको अगुवाईमा सीमा सुरक्षा सम्बन्धि छलफल भएको हो। 

Hardik ivf

भारतीय प्रधानमन्त्री मोदी अप्रिल २४ तारिखका दिन बिहारको मधुवनीमा आउन लागेका हुन्।

भारतको जयनगरमा भएको छलफलमा नेपालको तर्फबाट धनुषा, महोत्तरी, सिरहा तथा सप्तरीका प्रमुख जिल्ला अधिकारीहरु, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुखको सहभागिता रहेको थियो भने भारतको तर्फबाट मधुवनी जिल्लाका सुरक्षा अधिकारीहरुको सहभागिता रहेको थियो।

बैठकबाट ७ बुँदे सुरक्षा सम्बन्धि निर्णयहरु समेत गरिएका छन्।

 

प्रकाशित मिति: २०:१७ बजे, शनिबार, वैशाख ६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्