Kathmandu Press

नेपालको यू-१९ विश्वकप यात्रामा वर्षा बाधक बन्याे, अफगानिस्तान विश्वकपमा

घरेलु मैदानमा जारी यू–१९ विश्वकपको एसिया छनोटको अफगानिस्तानविरुद्धको अन्तिम तथा निर्णायक खेल वर्षाले रद्द भएपछि नेपाल विश्वकपमा छनोट हुन असफल भयो। 
नेपालको यू-१९ विश्वकप यात्रामा वर्षा बाधक बन्याे, अफगानिस्तान विश्वकपमा

काठमाडाैं, वैशाख ६ : नेपाल लागतार दोस्रो पटक यू–१९ विश्वकपमा पुग्न असफल भएको छ। नेपालको विश्वकप यात्रामा वर्षा बाधक बन्यो। 

घरेलु मैदानमा जारी यू–१९ विश्वकपको एसिया छनोटको अफगानिस्तानविरुद्धको अन्तिम तथा निर्णायक खेल वर्षाले रद्द भएपछि नेपाल विश्वकपमा छनोट हुन असफल भयो। 

Hardik ivf

मुलपानी क्रिकेट मैदानमा बिहानैदेखि वर्षा भएपटि खेल टस नै नभइ रहे भएको छ। अम्पायरहरूले २ बजे मैदानको निरक्षण गरेपछि खेल हुन नसक्ने घोषणा गरेका थिए।

यो खेल रद्द भएपछि नेपाल अफगानिस्तानसँग रनरेटमा पछि पर्दै विश्वकपमा पुग्न असफल भयो। नेपाल र अफगास्तिान दुवैले यसअघिका तीनै खेल जितेका थिए।

नेपालले पहिलो खेलमा युएईलाई डिएल मेथर्डमा ५ रनले हराएको थियो भने ओमानलाई ८ र हङकङलाई ६ विकेटले हराएको थियो।

अब एसियाबाट अफगानिस्तान विश्वकपमा छनोट भएको छ।

प्रकाशित मिति: १४:२० बजे, शनिबार, वैशाख ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्