Kathmandu Press

रौतहट आगोलागी, दुई करोड मुल्य बराबरको क्षति

बैधिमाइ नगरपालिका ५ कोपुवामा भएको आगोलागीमा एक करोड ७६ लाख बराबरको क्षती पुगेको प्रहरीले जानकारी दिएको छ। 
रौतहट आगोलागी, दुई करोड मुल्य बराबरको क्षति

रौतहट, वैशाख ६ : रौतहटको छुट्टाछुटै स्थानमा गएराती भएको आगोलागीमा करीब दुई करोड मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ। बैधिमाइ नगरपालिका ५ कोपुवामा भएको आगोलागीमा एक करोड ७६ लाख बराबरको क्षती पुगेको प्रहरीले जानकारी दिएको छ। 

प्रहरीका अनुसार स्थानीय धमेन्द्र जयसवालको तीन तल्लाको पक्की घरमा आगोलागी भएको हो। घरको अन्डर ग्राउण्ड गोदाममा विधुतको तार सर्ट भै आगोलागी भएको रौतहट प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिए। 

Hardik ivf

उनका अनुसार अन्डर ग्राउण्ड गोदाममा रहेका कपडा र चप्पल लगायत गरी एक करोडको क्षती पुगेको छ। एक थान मोटरसाइकल र घरको अन्डर ग्राउण्ड गरी ७६ लाखको क्षती पुगेको उनले बताए।

आगो सुरक्षाकर्मी, स्थानियबासी र गौर तथा बैधिमाइ नगरपालिकाको दमकलको  सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरी निरीक्षक उमाशंकर बताए।

यसैगरी गौर नगरपालिका–४ कबिर चोकमा रहेको कृष्णन्नद पटेलको कच्ची घरमा आगोलागी भएको प्रहरीले जनाएको छ। त्यहाँ २१ लाख बराबरको क्षती पुगेको रौतहट प्रहरीले जानकारी दिएको छ। 

दुबै आगोलागीका घटनामा मानवीय र पशु चौपयमा क्षती नभएको र घटनाका बारेमा आवश्यक अनुसन्धान भै रहेको रौतहट प्रहरीले जानकारी दिएको छ।
 

प्रकाशित मिति: १२:१६ बजे, शनिबार, वैशाख ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्