सञ्चारिका समूहको अध्यक्षमा पन्थी
नयाँ कार्यसमितिको अध्यक्षमा कमला पन्थी, उपाध्यक्षमा वसन्ती बास्तोला निर्वाचित हुँदा महासचिवमा राधा खनाल सर्वसम्मत भइन्।
काठमाडौं, वैशाख ६ : सञ्चारिका समूह नेपालको नवौँ महाधिवेशनबाट अध्यक्षमा कमला पन्थी विजयी भएकी छिन्।
शनिबार भएको निर्वाचनमा पन्थीले १४९ मत ल्याएर अध्यक्ष निर्वाचित भएकी हुन् । अर्की प्रत्यासी पवित्रा सुनारले ८७ मत पाइन् ।
यसैगरी उपाध्यक्षमा बसन्ती बास्तोला १२८ मत सहित विजयी भइन् । अर्की प्रतिस्पर्धी लोग्शरी कुँवरले १०० मत पाइन् । महासचिवमा राधा खनाल निर्विरोध निर्वाचित भएकी छन्।
सचिवमा उर्बशी बस्न्यात १०७ मत सहित विजयी भइन् x'Fbf अर्की प्रतिस्पर्धी नुनुता राईले १०३ मत ल्याइन्।
कोषाध्यक्षमा साजना तामाङ १५ मत अन्तरले निर्वाचित भइन् । तामाङले १२० मत ल्याउँदा अर्की प्रतिस्पर्धी मञ्जिमा ढकालले १०५ मत पाइन्।
यस्तै, सदस्यहरू कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजबी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, तारा चापागाईं र दीपा रेग्मी विजयी भएका छन्।
प्रकाशित मिति: ११:२३ बजे, शनिबार, वैशाख ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












