Kathmandu Press

अञ्जु पन्त र सुगम पोखरेलको स्वरमा ‘वाचा गरौं’

गीतकार डा. रमिल अधिकारीको शब्द शृजना रहेको ‘वाचा गरौँ’ मा ज्ञानेन्द्र गिरीको संगीत सृजना रहेको छ।
अञ्जु पन्त र सुगम पोखरेलको स्वरमा ‘वाचा गरौं’

काठमाडौं, वैशाख ६ : गायिका अन्जु पन्त र गायक सुगम पोखरेलको स्वर रहेको  ‘वाचा गरौँ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

गीतकार डा. रमिल अधिकारीको शब्द शृजना रहेको ‘वाचा गरौँ’ मा ज्ञानेन्द्र गिरीको संगीत सृजना रहेको छ। एक रोमान्टिक प्रेमील जोडीको बेजोड अभिनय रहेको भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठको रोमान्टिक अभिनय देख्न सकिन्छ।  

वाचा गर्दै मायासँग माया छर्ने प्रण गरेको प्रेमील जोडी आकाश र करुणाका माध्यमबाट निर्देशक प्रकाश धितालले सफल प्रेमको मिठो कहानी आफ्ना दर्शकहरुमाझ पस्किएका छन्।

गीतकार डा. रमिल अधिकारीका यसअघि ‘विन्दास नाच्ने हो’, ‘हाम्रो जे भने नि तिमी’, ‘जिउने चाहना‘लगायतका गीत बजारमा आइसकेका छन्। उनका गीतलाई दर्शकले निकै रुचाएका छन्।

प्रकाशित मिति: ०८:०९ बजे, शनिबार, वैशाख ६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्