Kathmandu Press

चार स्रष्टालाई पारिजात सम्मान

चार स्रष्टालाई पारिजात सम्मान

काठमाडौं, वैशाख ६ : यस वर्षको पारिजात स्मृति सम्मान विभिन्न क्षेत्रमा योगदान पुर्याएका चार स्रष्टालाई प्रदान गरिएको छ।

पारिजात स्मृति दिवसका अवसरमा पारिजात स्मृति केन्द्रले काठमाडौंमा एक समारोहको आयोजना गरी उक्त सम्मान प्रदान गरेको हो।

यस वर्षको पारिजात कला सम्मान मूर्तिकार उत्तम डङ्गोललाई प्रदान गरिएको छ। चित्रकला र मूर्तिकलाका माध्यामबाट सामाजिक रुपान्तरणको अभियानमा पुर्‍याएको योगदानको कदर गर्दै पारिजात स्मृति केन्द्रले उनलाई सम्मान गरेको हो।

यस्तै केन्द्रले पारिजात बाल साहित्य सम्मान बाल साहित्यकार तेजप्रसाद श्रेष्ठ, सृजना सम्मान साहित्यकार बिना थिङ र पारिजात सङ्घर्षशील नारी सम्मानबाट डा विन्दा पाण्डेलाई सम्मान गरेको छ।

्गत फागुन ३० गते पारिजातको जन्मजयन्तीका अवसरमा उक्त सम्मान घोषणा गरिएको थियो।

 

प्रकाशित मिति: ०७:४९ बजे, शनिबार, वैशाख ६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्