Kathmandu Press

स्टार्टअप वल्र्ड कपको ग्रान्ड फिनाले वैशाख ११ गते काठमाडौंमा हुने

पाँचौं संस्करणमा प्रवेश गरेको विश्व प्रतिस्पर्धाले नेपाली स्टार्टअपहरूलाई अमेरिकाको सिलिकन भ्यालीमा हुने ग्लोबल फिनालेमा नेपालको प्रतिनिधित्व गर्ने अवसर दिँदै आएको छ।
स्टार्टअप वल्र्ड कपको ग्रान्ड फिनाले वैशाख ११ गते काठमाडौंमा हुने

काठमाडौं, वैशाख ६ : नेपालको सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय स्टार्टअप प्रतिस्पर्धा स्टार्टअप वल्र्ड कप नेपाल २०२५ को ग्रान्ड फिनाले आगामी वैशाख ११ गते   काठमाडौंमा हुने भएको छ।

पाँचौं संस्करणमा प्रवेश गरेको विश्व प्रतिस्पर्धाले नेपाली स्टार्टअपहरूलाई अमेरिकाको सिलिकन भ्यालीमा हुने ग्लोबल फिनालेमा नेपालको प्रतिनिधित्व गर्ने अवसर दिँदै आएको छ।

स्टार्टअप वल्र्ड कप नेपालले नेपालका उत्कृष्ट स्टार्टअपहरूलाई विश्वभरका लगानीकर्ता, सल्लाहकार र उद्यमशील व्यक्तिहरुसँग जोडेर उनीहरुको नेटवर्क विश्तारमा सहयोग गर्दै आएको छ।

Hardik ivf

जसले गर्दा नेपाली स्टार्टअपहरुको विश्व प्रतिस्पर्धी क्षमता अभिवृद्धि हुनुका साथै नेपालको स्टार्टअप इकोसिस्टमलाई सबल र गतिशील बनाउने आयोजना विश्वास रहेको छ।

यस कार्यक्रमको आयोजना स्टार्टअप हब नेपालले औद्योगिक व्यवसाय विकास संस्थान सँगको सहकार्यमा गरिरहेको छ। आईसीटी एसोसिएसन अफ नेपाल, रोबोटिक्स एसोसिएसन नेपाल तथा अन्य नवप्रवर्तनप्रति प्रतिबद्ध संस्थाहरूले समेत कार्यक्रमलाई सहयोग र समर्थन गरेका छन्।

वल्र्ड ट्रेड ग्रुप नेपालले यसको सिस्टर कन्सर्न स्टार्टअप हब नेपालमार्फत नेपालमा यो प्रतियोगिता भित्र्याएको हो।

प्रतियोगिताले नेपाली स्टार्टअपहरूलाई विश्वव्यापी सोच राख्न प्रेरित गर्ने स्टार्टअप वल्र्ड कपका साउथ एसिया प्रमुख तथा नेपालका अध्यक्ष डा. शम्भु पोखरेलले जनाएका छन्।

वैशाख ११ गतेको प्रतियोगितामा देशभरका प्रतिस्पर्धीहरुबाट छानिएका १० उत्कृष्ट स्टार्टअपहरू प्रतिस्पर्धा गर्नेछन्। र ति १० उत्कृष्टमध्ये पनि अन्तराष्ट्रिय स्तरका जजहरुबाट छानिएका एक जना स्टार्टअपलाई नेपाल च्याम्पियन घोषणा गरिनेछ।

 

प्रकाशित मिति: ०७:१३ बजे, शनिबार, वैशाख ६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्